
काठमांडौ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेक समाचारमा विश्वास नगर्नआममतदातालाई आह्वान गरेका छन्। सामाजिक सञ्जालहरुमा दुई दलबीच फाटो ल्याउने दुरासयले सूचनाहरुसम्प्रेषण भएपछि कांग्रेस–माओवादीले संयुक्त रुपमा आह्वान गरेका हुन्।
कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिवहरुले शनिबार दिउँसो संयुक्त वक्तव्य जारी गरेरप्रतिष्ठित अनलाइन मिडियासमेतको दुरुपयोग गरेर दुई दलबीच फाटो गराउने दुराशयले सामाजिकसञ्जालहरुमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्।
‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस रनेकपा माओवादी केन्द्रलगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् रगठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन्,’ वक्तव्यमा भनिएको छ।
निर्वाचनको अन्तिम घडीमा आममतदातामा अन्योल सिजर्ना गर्ने रचिएको भ्रमपूर्ण षडयन्त्रले राजनीतिकपराजयको मानसिकता पुष्टि भएको दुवै दलको ठहर छ। ‘निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योलसिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टिगरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमाआह्वान गर्दछौं।’
कांग्रेस र माओवादीले भ्रम सिर्जनालाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडाकानुनी कारबाही लागि निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन्। उनीहरुले अपराधपूर्ण काममासंलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग मागसमेत गरेका छन्।







सम्बन्धित खवर















