0Shares

पोखरा भ्यूज
१६ मंसिर, पोखरा । स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ। शुक्रबार बिहानको मत परिणाम अनुसार स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् ।

गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ ।
त्यस्तै बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको भन्दै एमालेले पुनः निर्वाचनको माग गर्दै आन्दोलनमा उत्रिएपछि स्याङ्जा २ र बाजुरामा रोकिएको मतगणना मंसिर १४ गतेदेखि मात्रै सुरु भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected