69Shares

पोखरा भ्यूज

पोखरा । पोखरा३, नदिपुर स्थित माउण्ट अन्नपूर्ण स्कुलमा विभिन्न तीनवटा क्लब गठन गरिएको कक्षा ११ र १२ व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरूको व्यक्तित्व एवम् नेतृत्व विकास गर्ने उद्देश्यले बिभिन्न तीनवटा क्लवहरु गठन गरिएको बिधालयका + संयोजक कृष्ण लम्सालले जानकारी दिए । 

शुक्रवार बिधालयमा गठन गरिएका क्लबमा गेम्स एन्ड स्पोर्टस, सोसल सर्भिस म्युजिक, आर्ट एण्ड लिटरेचर क्लब गरी तिन वटा रहेका छन् । कक्षा १२ का छात्राछात्रले नेतृत्व गरेको क्लबमा गेम्स एन्ड स्पोर्टसमा अनिशा महर्जन, सोसल सर्भिसमा शुस्मिता देवकोटा म्युजिक, आर्ट एण्ड लिटरेचरमा आशिष तामाङले नेतृत्व गरेका छन्।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरूङले बिधार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलापको साथ साथै उनिहरुको क्षमता अभिवृध्दि गर्नको लागि यस्ता क्लबहरूले महत्वपुर्ण भुमिका खेल्ने बताउदै सबैलाइ समूहमा काम गर्दाको फाइदा बारे प्रकाश पारेका थिए

बिधालयका प्राचार्य सइन्द्र राज श्रेष्ठले बिधार्थी मैत्री वातावरण निर्माण गर्न आफु लगायत समग्र बिधालय ब्यावस्थापन समिति सदैव प्रयत्नरत रहेको कुरा जानकारी गराए

कार्यक्रममा सबै शिक्षक तथा बिधार्थीहरूको सहभागिता रहेको थियो कार्यक्रमको संचालन गर्दै +२ का संयोजक कृष्ण लम्सालले बिद्यालयको सौर्न्दयता, बिधार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन शैक्षिक गुणस्तर अभिबृद्दिगराउने कुरामा बाल क्लबले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने कुरामा ज़ोड दिएका थिए 

69Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected