46Shares

पोखरा भ्यूज

पोखरा । ताइपेइका के हाउ हङले पोखरामा सम्पन्न आइटीएफ जे-५ टेनिस प्रतियोगिताको सर्किट-१ मा मेन्स ंिसंगल्सतर्फ प्रथम स्थान हाँसिल गरेका छन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइकै चेन हुई हो लाई ६-०, ६-१ को सहज सेटमा पराजित गर्दै प्रथम भएका हुन् । महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले प्रथम स्थान हाँसिल गरिन् । फाइनलमा उनले भारतकै श्रीनिधी बालाजीलाई ६-४ र ७-६ ले पराजित गरिन् ।

प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक सर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने । त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गरे । भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६-२, ६-२ को सहज जित निकाल्दै प्रथम स्थान ओगटन सफल भएका हुन्

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले एक समारोहका विच पुरस्कृत गरे । पुरस्कार वितरण समारोहमा बोल्दै समापन समारोहका विशेष अतिथि खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको सान उँचो पारेको बताए । यहाँ आयोजना हुने अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुले खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूणर् योगदान पुर्‍याएको उनले बताए । संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह उपाध्यक्ष नविन चालिसेले सञ्चालन गरेका थिए । एक सातादेखि सञ्चालित प्रतियोगितामा विभिन्न ९ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका थिए ।

46Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected