0Shares

एजेन्सी

१९ मंसिर, दोहा। सेनेगलमाथि प्रभावशाली ३-० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भिड्ने यात्रा तय गरेको छ ।

दोहाको अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा लड्खडाएको थियो । गोलरक्षक जोर्डन पिकफोर्डले सेनेगलका बोउलाये डियाको प्रहारको सानदार बचाउ गरेका थिए । जसका कारण इंग्ल्याण्ड खेलमा पछि पर्नबाट जोगिएको थियो ।इंग्लिस टिममा जुड बेलिंगघमको प्रदर्शन शानदार थियो ।

३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् ।

केनको यो विश्वकपमा पहिलो गोल हो ।यो गोल केनको इंग्ल्याण्डका लागि ५२औं गोल हो । उनी इंग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ता वायने रुनीको कीर्तिमानबाट १ गोलले पछि छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected