
1Shares
पोखरा भ्यूज
१९ मंसिर, काठमाडौं । मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित भएका स्वतन्त्र सासंद दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी गण्डकी प्रदेशमा मौजुदा काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री हुन् ।
मन्त्री मनाङेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।
मनाङे गण्डकी प्रदेशमा समाजवादीको एक्लो सासंद हुनेछ । संसदीय दलको नेतादेखि मन्त्री समेतको एकल दाबेदारी उनीसँग रहनेछ ।
1Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।























