4Shares

पोखरा भ्यूज
१९ मंसिर, काठमाडौँ — सत्ता गठबन्धनमा रहेका दलहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो ।

गठबन्धनका दलहरुको चुनावपछि यो नै पहिलो बैठक हो । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र बैठकले आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालेको नेता भुसालको भनाई छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी थिए । तर गठबन्धनको एक घटक लोसपाका नेता भने बैठकमा सहभागी थिएनन् ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected