२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

व्यापार मेलाको पाचौं दिन, बिक्रीको लागि राखिएका सामानमा भारी छुट

पोखरा भ्यूज

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मा बिक्रीको लागि राखिएका विभिन्न घरायसी सामानमा भारी छुटको व्यवस्था गरिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार दैनिक जीवनमा प्रयोग हुने भान्छाका सामग्रीदेखि अन्य उपभोग्य बस्तु, गाडी तथा मोटरसाइकलमा त्यो छुट दिइएको हो ।यो मेलामा प्रदर्शनका लागि राखिएका सामग्रीहरु एकातिर छन् भने दैनिक जीवनमा प्रयोग हुने सामान सस्तोमा बिक्री–वितरण भइरहेको छ’,उनले भने,‘गृहिणीहरुले यो मेलाबाट भरपुर फाइदा लिन सक्नुहुन्छ ।’मेलाको सह–प्रायोजक रहेको शिवशिखर सहकारीको स्टल देखाउँदै उनले भने,‘यस्तो छुट अरु बेला पाइँदैन ।’
संघका महासचिव बलराम आचार्यका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उद्योगी÷व्यवसायीहरुले बस्तु तथा सेवाहरु प्रदर्शन र बिक्रीमा राखेका छन् । कृषि उत्पादनहरु, स्वस्थ जीवनलाईं आवश्यक पर्ने खाद्यान्नहरु मेलाको विशेष आकर्षण रहेको पनि उनले बताए ।
संघकी उपमहासचिव शोभा गौतमका अनुसार मेलाअन्तर्गत समावेश गरिएको सांस्कृतिक कार्यक्रमले पनि अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिलाएको छ । मंगलबार प्रकाश सपूतलगायतका प्रस्तुतिपछि बुधबार चर्चित खेम सेन्चुरीको प्रस्तुति रहने उनले जानकारी दिइन् ।
यता, इ–सेवाको क्यूआर कोडमार्फत् मेलाको टिकट काट्नेहरुको लागि लक्की ड्रमार्फत् व्यवस्था गरिएको पुरस्कारअन्तर्गत मंसिर १८ विजेता बनेका काशीराम न्यौपानेले एडभान्स प्याराग्लाइडिङको तर्फबाट प्याराग्लाइडिङको टिकट पाए भने १९ गतेकी विजेता दिव्यानी थापाले फिस्टेल ड्रिमपार्कको टिकट पाइन् । १९ गते नै यति मार्ट प्रालि तथा शिखा प्याकेजिङ प्रालिको नामबाट काटिएका २ टिकटले पनि फिस्टेल ड्रिम पार्कको फ्रि टिकट पाएका छन् । यता, मेलाको प्रवेश टिकट लिनेमध्ये दैनिक २० जनालाई अन्नपूर्ण केबलकारको टिकट एवं २ जनालाई बाल्ट्रको कुकर प्राप्त भएको टिकट व्यवस्थापन उपसमितिका संयोजक सुदीप ओझाले जानकारी दिए । मंसिर १६ गतेबाट सुरु भएको मेला मंसिर २५ गतेसम्म चल्नेछ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…