4Shares

पोखरा भ्यूज

२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार सम्पन्न पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने ७ सिटको प्रतिनिधित्व जनाको नाम टुंगो लगाएको हो । पोखरा भ्यूजलाई प्राप्त सूचना अनुसार खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत छनौटमा परेका छन् ।

त्यस्तै आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका छन् । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।

खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेका पशुपति शमशेर यसअघि जबराको नाममा विवाद थिएन । तर दोस्रो पुरुषमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका वुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. प्रकाशचन्द्र लोहनी र मधेशी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विषयमा टुंगो लागेको थिएन ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected