3Shares

पोखरा भ्यूज

पोखरा मानवताका लागि संगीत भन्ने नाराका साथ मानव सेवा आश्रमले पौष १२ गते पोखराको प्रदर्शनीकेन्द्रमानेपथ्य लाइभ कन्सर्टगर्ने भएको मानव सेवा आश्रमको भवन निर्माण आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापना गर्न पोखरामा लाइभ कन्सर्ट गर्न लागिएको बुधवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईएको

कन्सर्टमा नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले आफ्नो प्रस्तुति राख्नेछन् कन्सर्टबाट हुनेसम्पूर्ण आम्दानी पोखरा२५, हेमजामा बन्दै गरेको मानवसेवा आश्रमको तीन तले भवन निर्माणमा खर्च गर्नेउद्देश्य रहेको कार्यक्रम संयोजक विशेश्वर आचार्यले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् मानवसेवा आश्रममा आश्रित मानवहरुको खाना नानाको व्यवस्थापनमा कठिन अवस्था झेल्नुपरिरहेको अझ भाडामा रहेको आश्रमका सेवा केन्द्रहरुले दाताको सहयोगमा मात्रै भाडा तिर्न सक्ने अवस्था नरहेकाले अहिले आफ्नो भवन निर्माण अभियान जारी

जसलाई सम्पन्न गर्ने उद्देश्य स्वरुप नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको हो आशा , अन्य शहरमाजस्तै पोखरामा आयोजना हुने कार्यक्रमबाट दर्शकको राम्रो साथ समर्थन प्राप्त हुनेछ समृद्ध पोखराको अवधारणालाई पुरा गर्ने दायित्व सम्पूर्ण पोखरेली बासीको काँधमा रहेको उल्लेख गर्दै आचार्यले सडक आश्रित मानवहरुको व्यवस्थापन गरी २०८२ सालसम्म्मा नेपालका सडकपेटीलाई सडक आश्रित मानवरहित बनाउने योजनाका साथ मानव सेवा आश्रम अगाडि बढेको बताए

मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखरामा हुने कन्सर्टका लागि टिकटदर १ हजार रुपैयाँ राखिएको जानकारी गराउदै हजार दर्शक भित्र्याउने लक्ष्य रहेको बताए  जसबाट २५ लाख बचतगरी भवन निर्माणको कार्यलाई सहज बनाउने उद्देश्य स्वरुप मानव सेवा आश्रमले आफ्नो तयारी गरिरहेको युवाहरुलाई आश्रमसँग जोड्ने लक्ष्य समेत आफुहरुको रहेको उनले बताए तिमिल्सिनाले बन्दै गरेको भवनको पूर्णताका लागि १० करोड रुपैयाँ आवश्यक रहेको उल्लेख गरे

जसमध्ये करोडको काम सम्पन्न भइसकेको तीन तले भवनमा ४८ कोठा हुनेछ जसमा सय जनालाईसेवा प्रदान गर्ने लक्ष्य आश्रमको तिमिल्सिनाका अनुसार हाल देशैभर गरेर झण्डै एक हजार सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय,अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलन समेत गराउने अभियानमा एक दशकदेखि सक्रिय ’, उनले भने तिमिल्सिनाले हालसम्म मानव सेवा आश्रमले ३०० जनालाई पुनः मिलन गराइसकेको बताए

गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ कास्की गरी चार जिल्लामा मानव सेवा आश्रमले सेवा दिइरहेको पोखरामा भएको मानवसेवा आश्रममा १०२ पुरुष ६३ जना महिला गरी १६५ जनाले सेवा प्राप्त गरिरहेको प्रचारप्रसार संयोजक दिनेश शर्माले जानकारी गराए उनका अनुसार गण्डकी प्रदेश सरकारपोखरा महानगरपालिका गण्डकी प्रदेशमा रहेका स्थानीय तहहरुको साथ सहयोगका कारण नै मानवसेवा आश्रमले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको भाडाको घरमा सुरुवात भएको सेवालाई प्रभावकारी दिगो बनाउन पोखरा महानगरपालिका वडा नं. २५ हेमजा बाबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त गरी भवन निर्माणको कार्य सुरु गरिएको उनले बताए

उक्त ठाउँमा मानसेवा आश्रम सहित मानवता अध्ययन केन्द्र, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ तिर्थयात्रीहरुकालागि धर्मशाला, शाश्वतग्राम लगायतका वृहत मानवीय संवेदनालाई जोड दिने भौतिक संरचना निर्माण हुँदैगरेको पनि उनले जानकारी गराए मानवसेवा आश्रम भवनको ४० प्रतिशत लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत काम सम्पन्न भइसकेको हालसम्म गण्डकी प्रदेश सरकारको दुई करोड, पोखरा महानगरपालिकाको ५० लाख, स्थानीय परोपकारी व्यक्तिहरुको एक करोड, अन्य स्थानीय पालिकाहरुको १५ लाख सहयोग प्राप्त भई भवन निर्माण जारी रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको

मानव सेवा आश्रमले २५ करोड बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको जसलाई परिपूर्ति गर्नेहेतुले पनि लाइभ कन्सर्टको आयोजना गरिएको जानकारी आयोजकले गराएको यसअघि विराटनगर, वीरगञ्ज, हेटौँडा चितवनमा सम्पन्न कन्सर्टमा दर्शकको उत्साहजनक सहभागिता रहयो नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा काठमाडौंमा हुने कन्र्सटमा समेत दर्शकको साथ मिल्नेमा आयोजक पक्ष आशावादी देखिन्छ

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected