196Shares

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले वडा नम्वर ३ को वडा कार्यालय अनुगमन तथा निरिक्षण गरेका छन् । अनुगमनको क्रममा अध्यक्ष केसीले वडा कार्यालयको भौतिक अवस्था, प्रशासनिक अवस्था र सेवा ग्राहीको गुनासो समेत सुनेका थिए ।
सो अवसरमा वडा नं. ३ का वडाध्यक्ष फणीन्द्रप्रसाद पौडेलले वडा कार्यालयको भौतिक संरचना राम्रो रहेको तर डेकोरेशनका कामहरू बाँकी रहेका, प्रविधियुक्त वडा बनाउनका लागि कम्प्यूटर इन्टरनेटको प्रबन्ध गर्नुपर्ने, ब्यवस्थित सभा हलको ब्यवस्था नभएको, वडा कार्यालयले चर्चेको जग्गाको कम्पाउन्डिङ गर्नुपर्ने र आधारभूत स्वास्थ्य चौकीका लागि कम्प्यूटर र कार्यालय सहायकको ब्यवस्था गरिदिनका लागि अध्यक्ष केसीलाई आग्रह गरेका थिए । सो अवसरमा वडा नं. ३ का निवर्तमान वडाध्यक्ष चन्द्रबहादुर गुरूङ, वडासदस्य अम्मरबहादुर केसी, स्थानीय समाजसेवी मदनप्रसाद पौडेलले वडाका समस्याका बारेमा आ-आफ्ना भनाई र गुनासा अध्यक्ष केसीलाई सुझाएका थिए ।
त्यहाँ देखिएका समस्यालाई सम्वोधन गर्ने गरी प्रसासनिकतर्फ देखिएका समस्या माथी अध्यक्ष केसीले सुझाव, सल्लाह समेत दिएका थिए । 
छलफलका क्रममा अध्यक्षसँग राखेको मागहरु प्रति अध्यक्ष केसीले गाउँपालिकाले गर्न सक्ने काममा आफु तुरुन्तै लाग्ने प्रतिबद्वता समेत व्यक्त गरे ।

त्यस्तै गरी वडा कार्यलय परिसरमा रहेको आधारभूत स्वास्थ्य कार्यालयको पनि अनुगमन गरी सेवाको अवस्था र सेवाग्राहीहरुसँग समेत अध्यक्ष केसीले जानकारी लिएका थिए ।

 

196Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected