
0Shares
एजेन्सी
२ पुस, दोहा । कतारमा जारी २२ औं फिफा विश्वकपमा क्रोएसियार मोरोक्कोले आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन् ।
सेमी फाइनलमा पराजित भएका यी दुई देशले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने लागेका हुन् । खेल राति ८ ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको देश हो ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















