4Shares

पोखरा१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ।महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा तालचोकस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ। २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएकोमा तीन वर्षपछि लेखनाथ महोत्सवको पहिलो संस्करण भएको थियो। लेखनाथको पहिचान चिनारीका लागि महोत्सवले भूमिका खेलेको महोत्सव मूल संयोजक छत्रधर आत्रेयले बताए उनले अब महोत्सवको स्वरुप परिवर्तन गर्न आवश्यक रहेको बताउँदै भने, ‘महोत्सवको ट्रेन्ड परिवर्तन हुनुपर्ने आवश्यकता देखिएको छ। हामी पनि सच्चिदै छौँ। यसपालि महोत्सव परिर्वतन भएको केही सांकेतिक परिदृश्य देखाउने छौँ।

महोत्सवमा २३७ स्टल रहने छन्। पुराना प्रविधिबाट बनेका माटाका भाडा, बाँसको चोयाले बनेको डोको, परालको गुन्द्री, फलामका भाडावर्तन दृष्टिविहीनले बनाएको अगरबत्तीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

महोत्सवमा विभिन्न जातीय भेसभुसा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, आन्तरिक तथा बाह्यपर्यटकहरूलाई आकर्षण गर्ने विशेष आन्तरिक पर्यटनलाई बढावा दिइने संघले बताएको  

यस्तै जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रतियोगिता, झाँकी र्‍याली, भेषभुषा प्रदर्शनी, हास्यव्यङ्ग्य प्रहसन, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक तथा दोहोरीकार्यक्रम युवाका लागि लक्षित लाइभ कन्सर्ट पनि हुने छन्। 

लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए। उनका अनुसार १० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य छ।

९५ लाख रुपैयाँ आम्दानी हुँदा १० लाख रुपैयाँ बचत गर्ने ओझाले बताए। महोत्सवले अर्थतन्त्र चलायमान बनाउने उनले बताए।कोरोना, रुसयुक्रेन युद्धलगायतका कारणले वित्तीय क्षेत्रमा देखापरेको तरलता अभाव र चर्को ब्याजले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने ’, उनले भने।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected