7Shares

पोखरा भ्यूज
काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा बुधबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।

गगनलाई आफै समूहका सासंदले समेत मत नदिएको स्पष्ट देखिएको छ । देउवाको पक्षमा ५० भन्दा सासंद यसअघि नै खुलेका थिए । शेखर गगन समूहमा रहेका भनिएका सासंदहरुले गगनलाई नै मत दिएनन् ।

संसदीय दलको नेता बन्न नसकेपछि गगनको प्रधानमन्त्री बन्ने महत्वकाँक्षामा ब्रेक लागेको छ । उता संसदीय दलको नेतामा पराजय भएपछि महामन्त्री समेत रहेका गगन थापाले आफू भावी सरकारमा सामेल नहुने बताएका छन् ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected