
पोखरा । लायन्स क्लब अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो फागुन २७ गते पोखरामा हुने भएको छ ।
डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले सोमवार पोखरामा आयोजित एक कार्यक्रममा महाधिवेशन घोषणा गरी हस्ताक्षर समेत गर्नु भएको हो । कार्यक्रममा पोखरामा रहेका लायन्स लिड़रहरू फिजिकल्लि र पोखरा बाहिर विभिन्न जिल्लामा रहेका लायन्स लिड़रहरूको भर्चुअल माध्यमबाट सहभागिता रहेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिनु भयो ।

महाधिवेशनमा काठमाडौं लगाएतका ११ जिल्लाका सबै लायन्स क्लब र लियो क्लबबाट करिव २ हजार बढ़ीको सहभागीता रहने गभर्नरको दावी छ । डिष्ट्रिक्ट ३२५ आई नेपाल लायन्स क्लब इन्टरनेशनलबाट अवार्डेड डिष्ट्रिक्ट रहेको र सबैको विश्वास जितेको डिष्ट्रिक्ट भएकोले पनि सो सम्मेलनलाई भव्य बनाउने तयारी रहेको उहाँले बताउनु भयो ।
महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा डल्फिनका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट को–अर्डीनेटर ऋषि गिरी कन्भेनर रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ । यसलाई सघाउन २० वटा विभिन्न उपसमिति निर्माण गरिएको छ ।
महाधिवेशनबाट लायन्स वर्ष २०२३/२४ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिष्ट्रिक्टका पदाधिकारीको चयन हुनेछ ।
डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षता एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्त लगाएतले डिष्ट्रिक्ट बाईफर्गेसन पछिको पहिलो राष्ट्रिय महाधिवेशनले भावी लिडरशिप र भावी कार्यक्रम तय गर्ने बताउदै सुरुवातीको बर्ष जसरी डिष्ट्रिक्टले विश्व लायनवादमा ईतिहास रचेको छ, यसलाई क़ायम राखी राख्न चुनौती थपिएको आशय व्यक्त गर्नु भएको थियो ।







सम्बन्धित खवर
















