
पोखरा भ्यूज
२५ पौष । तीन दलको ३३ सासंदको समर्थन पाएका एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
गण्डकी पदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले यसअघि एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।
अधिकारीले आज बेलुका ४ बजेर ३० मिनेट जाँदा शपथ ग्रहण गर्ने कार्यक्रम छ । मुख्यमन्त्रीअधिकारीले ३० दिनभित्र विश्वासमा मत लिनुपर्ने छ ।











