
0Shares
पोखरा भ्यूज
२५ पौष, मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले धारा १६८ को उपधारा (२) बमोजिम जम्मरकट्टेललाई बाग्मतीको मुख्यमन्त्रीमा सोमबार नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि जम्मरकट्टेलले माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसद सहित ६० सासंदको समर्थनमा आफ्नो दावी पेश गरेका थिए ।
११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ । मुख्यमन्त्री जम्मरकट्टेलले संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















