प्रधानमन्त्रीलाई विश्वासको मत दिने काँग्रेसको निर्णय, दुई महामन्त्रीसहित ४ जनाको लिखित असहमति
- January 10, 2023
- 2457

पोखरा भ्यूज
२६ पुस, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । यद्यपि उक्त निर्णयका उपरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति जनाएका छन् । काँग्रेसले विश्वासको मत दिने भए पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुनेबारे कुनै निर्णय गरेको छैन ।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।

यद्यपि कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेपछ दुई महामन्त्रीसहित ४ जनाले फरक मत राखेका हुन् । यसअघि सोमबार साँझ प्रधानमन्त्रीसँगको भेटघाटमा सभापति देउवाले विश्वासको मत दिने संकेत दिएको समाचारस्रोतहरुले दावी गरेका थिए ।







सम्बन्धित खवर
















