२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरू सम्मानित

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको छ । भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी समेत रहेका प्रधान सेनापति प्रभुराम शर्माले वीरता पुरस्कार गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा सौर्य चक्र प्राप्त गर्ने पृथबहादुर मगर, सोरमन राई र गोकुल प्रधानका साथै कृति चक्र प्राप्त गर्नुहुने भुपालसिंह छन्त्याल मगर र दिलबहादुर थापा हुनुहुन्छ । पूर्व गोर्खा सैनिक मगरले सन् २००० मा, राईले सन् १९७६ र प्रधानले सन् २००१ मा सौर्य चक्र प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी पूर्व गोर्खा सैनिक छन्त्यालल मगरले सन् २०१४ मा र थापाले सन् २००२ मा कृति चक्र प्राप्त गर्नुभएको थियो ।

उक्त अवसरमा प्रधान सेनापति शर्माले भारतका सेनाध्यक्ष एवं नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त हुनुभएकोमा जनरल अनिल चौहानलाई पनि बधाई दिनुभयो । प्रधान सेनापति शर्माले दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गर्नुभयो । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उहाँले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ ।

कार्यक्रममा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवं सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…