0Shares

पोखरा भ्यूज
६ माघ, काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सासंद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

सत्ता गठबन्धनको पदीय भागवण्डाबाट रास्वपाको भागमा परेको उपसभामुखमा उमेद्वारी कसलाई दिने लगाउने भनेर शुक्रबार विहान रास्वपा संसदीय दलको बैठक बसेको थियो ।

संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । यसअघि उपसभामुखमा सोविता गौतमको नाम चर्चामा थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected