२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ आईका दुई प्रोजेक्टलाई एलसिआईएफबाट २ करोड़ ६४ लाख अनुदान

पोखरा भ्यूज

पोखरा, १६ माघ । लायन्सको अन्तरराष्ट्रिय गुठी एलसिआईएफबाट लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका दुई प्रोजेक्टलाई २ करोड ६४ लाख अनुदान प्राप्त हुने भएको छ । 

पोखरा–१२ स्थित श्री सितलादेवी सामुदायिक विद्यालयमा किचन, डाइनिङ्ग हल, किचन सामाग्री तथा कुर्चीटेबल खरिद र म्याग्दी जिल्लाको बेनीस्थित म्याग्दी मल्टिपल कलेजको साइन्स ल्याब निर्माणका साथै आवश्यक सामाग्री खरिदका लागि एक/एक लाख अमेरिकी डलर प्राप्त हुने डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिए ।

एलसिआईएफले लायन्स मार्फ़त स्थानीय समुदायको आवश्यकताको आधारमा सेवा गर्ने हेतुले सहयोग गर्न विभिन्न प्रकारका अनुदानहरू प्रदान गर्दछ । दशकौंदेखि, LCIF ले दृष्टि, विपद्का बेला राहत, युवा र मानवीयसेवाका क्षेत्रमा लायन्सको प्रयासमा अनुदान प्रदान गर्दै आइरहेको छ ।

डिष्ट्रिक्ट ३२५ आई नेपाललाई प्राप्त हुने रक़ममा ख़ुशी व्यक्त गर्दै लायन्स अन्तरराष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्सालले भन्नु भयो, ‘डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको लिडरशिपमा डिष्ट्रिक्ट ३२५ आई नेपालले एलसीआईएफबाट जसरी रकम प्राप्त गरेको छ, नेपालका सबै डिष्ट्रिक्टहरूले यसरी  नै प्रोजेक्टहरु ल्याउन सक्छन्, शुरुवात डिष्ट्रिक्ट ३२५ आई ले गरेको छ, गभर्नर बसेल धन्यवादका पात्र हुनुहुन्छ र हामी सबै डिष्ट्रिक्ट मार्फत नेपालको सामाजिक सेवामा योगदान दिन चाहन्छौ र बाँकी प्रोजेक्टहरु पनि बिस्तारै उपलब्ध गराउदै जानेछौ’ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…