
पोखरा भ्यूज
१७ माघ, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडी ६ थुनुवा फरार भएको घटनामा ३ प्रहरी निलम्बित भएका छन् भने प्रहरी निरीक्षक बेचन यादवसहित २५ प्रहरी टोली जिल्ला प्रहरी कार्याल्यमा तानिएको छ ।
उनीहरुलाई सोमबार नै जिल्लामा तानिएको हो । घटना हुँदा वखत डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन परेका छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक मुक्तिनारायण यादवको कमाण्डामा नयाँ टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । फरार भएका मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अझै ५ थुनुवा यो समाचार तयार पार्दासम्म पक्राउ पर्न परेका छैनन । यद्यपि उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।







सम्बन्धित खवर
















