२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
शिक्षा

एक्स आर्मी पब्लिक स्कुलको २३ औं बार्षिकोत्सवमा जनप्रतिनिधिलाई सम्मान

पोखरा । पोखरा १७ स्थित बिरुवा (पाल्पाली) मार्गमा रहेको एक्स आर्मी पब्लिक स्कुलको २३ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।शनिबार सम्पन्न कार्यक्रममा बिषयगत प्रर्दशनी तथा रोवर्ट प्रर्दशनी सहित बिद्यालयको २३ औं बार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह २०७९ सम्पन्न भएको बिद्यालयका प्राचार्य मोहनलाल पौडेलले बताए ।
बार्षिकोत्सवको अवसरमा बिद्यालयले जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी, सदस्य विक्रम गुरुङ लगायतलाई सम्मान गरेको बिद्यालयले जनाएको छ ।
उक्त अवसरमा बिद्यालयले जग्गा धनि कविराज आचार्य, शिक्षिका मिना पोख्रेल, जमुना थापा र शारदा केसी तथा कर्मचारी मैना कुमारी खाँडलाई सम्मान गरेको छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका प्रसाद आचार्यले उक्त कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थीहरुको गुणस्तरिय विकासमा बिद्यालयहरुले बिषेश ध्यान दिनुपर्नेमा जोड दिए ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन खड्ग बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, बिद्यालय संचालक समितिका अध्यक्ष युवा व्यवसायी गोपाल बराल, सृजना माविका प्राचार्य डोलराज पाण्डे, पूर्व बिद्यार्थी एन्जीला सुवेदी, शिक्षक कृष्ण काफ्ले लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए । कक्षा ७ का बिद्यार्थीहरुले निर्माण गरेको रोवर्ट, बिज्ञान, सामाजिक, नेपाली, अगेंजी, गणित, चित्रकला, हस्तलेखन सम्बन्धि प्रि—प्रावि देखि प्लस टु सम्मका बिषयगत प्रर्दशनी गरिएको बिद्यालय संचालक समितिका अध्यक्ष बरालले बताए । यसमा अभिभावकहरुले निकै रुचिका साथ अवलोकन गरेको उनले जनाए । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुतः गरेको बिद्यालयका शिक्षक अम्बिका बरालले बताए ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…