
पोखरा भ्यूज
१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् ।
राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर राजीनामा बुझाएका ,थिए । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानून तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।
राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि ८ दलीय नयाँ सहमतिबाट प्रधानमन्त्रीले विश्वासको मत पाउने पक्कापक्की जस्तै छ ।











