२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
देश

राष्ट्रपति निर्वाचन तयारीका लागि आठ दलको कार्यदल

पोखरा भ्यूज
१४ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेका आठ दलको कार्यदल गठन गरिएको छ ।

प्रत्येक दलबाट एकएक जना सदस्यको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गरिएको हो । कार्यदलले राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा आव्हान गरेको आठ दलको बैठकले उक्त कार्यदल निर्माण गरेको हो । आठ दलीय गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

कार्यदलले राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका सन्दर्भमा १८ फागुनमा आठै दलका संघीय सांसदहरूको बीचमा बैठक र छलफल गर्ने तयारी गरेको स्रोतले बतायो । त्यस्तै १९ गते प्रत्येक प्रदेशहरूमा कार्यक्रम गर्ने र त्यसका लागि नेताहरू पठाउने निर्णय गरिएको छ भने फागुन २३ मा सबै प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने समझदारी भएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका । राष्ट्रपति पदका लागि आठ दलको समर्थन पाएका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…