
पोखरा । लायन्स क्लब्स् ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न अधिवेशनले लायन्स डिष्ट्रिक्ट ३२५ ‘आई’को डिष्ट्रिक्ट गभर्नरमा चन्द्रकुमार केसीलाई निर्वाचित गरेको छ ।
आगामी जुलाईबाट सुरु हुने कार्यकालमा उक्त डिष्ट्रिक्टको पहिलो राष्ट्रिय अधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर बन्ने अवसर केसीले प्राप्त गरेका छन् । यसैगरी डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा बिनोद ढुङगाना र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे निर्वाचित भएका छन् ।

निर्वाचन पश्चात लायन बर्ष २०२३/२४ का लागि इलेक्ट गभर्नर केसीले अति नै नजिक रहेर काम गर्न क्याविनेटमा केही महत्वपूर्ण पदमा मनोनीत समेत गरेका छन् । मनोनीत हुनेमा क्याबिनेट सेक्रेटरी महेश पाण्डे, क्याबिनेट ट्रेजरर सन्तोष रावल, चिफ एडभाइजर सूर्यकुमार केसी र डिष्ट्रिक्ट पिआरओ ईन चिफमा सैलेन्द्रमोहन भट्टराई रहेका छन् ।







सम्बन्धित खवर
















