
पोखरा भ्यूज
नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ । उनका पिता लोकराज बरालको शुक्रबार ८२ वर्षको उमेरमा फागुन २६ गते साँझ ५ः३० बजे आफ्नै निवास विरौटामा निधन भएको हो ।
उनी पुम्दीभुम्दीका स्थायी बासिन्दा हुन् । स्व. बराल लामो समय शिक्षण पेशामा रही सेवा निवृत भएपछि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी वर्तमान राष्ट्रपति रामचन्द्र पौडेका मितसमेत हुन् ।
बनारस पढ्न बस्दा उनले राष्ट्रपति रामचन्द्रसँग मित लगाएका आफन्तसमेत रहेका नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’ का सचिव ठाकुर बरालले जानकारी दिए । लोकराजका एक श्रीमतीसहित पाँच छोरा र तीनजना छोरीसहित नाति–नातिना छन् ।एक श्रीमतीको भने पहिल्यै निधन भइसकेको छ ।
उनको पार्थिक शरीरको शनिवार सेतीनदी रामघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले एक शोक विज्ञप्ती प्रकाशित गर्दै स्व.बरालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।











