२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

ताङतिङ नौंचुपैंगी लामा महायान गुम्बा उद्घाटन

पोखरा । कास्कीको ताङतिङमा अवस्थित नौंचु पैंगीलामा महायान बौद्व गुम्बाको उद्घाटन सम्पन्न भएको छ । गत असारमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन शुक्रबार गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा गरेका हुन् ।
उद्घाटन कार्यकम्रमा बोल्दै प्रदेश प्रमुख गुरुङले भाषा, संस्कार र संस्कृतिको जगेर्नामा अरु गुरुङ गाउँ भन्दा ताङतिङ अगाडी रहेको कुरा बताए । ‘पञ्चायत कालमा धार्मिक स्वतन्त्रता थिएन । तर मुलुकमा व्यवस्था परिवर्तन भएपछि सबै जातजातिहरुले आफ्नो भाषा, संस्कार र संस्कृतिको विकास गर्न पाएको छ ।’ उनले भने, ‘फलस्वरूप अहिले जुन सुकै गुरुङ गाउँ जानु त्यहाँ अत्याधुनिक गुम्बा निर्माण भएको छ ।’ उनले बुद्धको पुजा गर्दैमा बौद्व धर्मलम्वी नहुने र असली बौद्व धर्मलम्वी हुन बुद्धको पंचशीललाई आफ्नो जीवनमा लागु गर्नु पर्ने बताए ।
कार्यक्रममा मादीका प्रमुख देबिजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु,बौद्व धर्मलम्वीहरू, देशभरीका पैंगीलामाहरु उपस्थित भएका थिए । बौद्व अर्घौ सदन रामघाटका प्रमुख लामागुरु सिरलामा सहित २ दर्जन भन्दा बढि बौद्वलामाद्वारा ३ दिन पूजापाठ गरेका थिए । कार्यक्रममा गुम्बा निर्माण व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विर्जमान गुरुङले गुम्बाको निर्माण कार्यमा सहभागी सबैलाई धन्यवाद प्रकट गरे ।
मन्त्री गुरुङद्वारा ताङतिङ बासीसँग भेटघाट


यसै बीच, गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङद्वारा बिहिबार ताङतिङ पुगेर स्थानीयलाई भेटघाट गरेका थिए । गुरुङलाई स्थानीय जनताले फुलमाला र लालीगुराँसले स्वागत गरेका थिए । उनले जन्मभूमि आउदा स्थानीयले देखाएको मायाले आफू खुसि लागेको र यसको गुन तिर्ने बाचा गरे ।
गुरुङले बौद्व गुम्बा, धार्मिक स्थल नौचु डांडा पुगेर पुजा गर्नुको साथै मादी २ र ६ जोड्ने पुल, निर्माणाधीन खेलमैदानको अवलोकन गरेका थिए । उनले धार्मिक स्थल रुपमा परिचित नौचु डांडालाई पर्यटकिय रुपमा चिनाउने आफ्नो सपना रहेको बताए । ‘यति सुन्दर प्राकृतिक गार्डेनमा अब एउटा कृतिम पोखरी बनाउने योजना छ । यस ठाउँलाई अझै ब्यबस्थित बनाएपछि पर्यटक ओइरिन्छ ।’ गुरुङले भने । उनले आफू मादीको अध्यक्ष हुँदा क्रपू क्षेत्रमा पर्यटक ल्याउन थुप्रै काम गरेको दाबी समेत गरे ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…