
पोखरा भ्यूज
६ चैत्र, काठमाडौं । ककपीटको झ्याल बन्द नगर्ने नेपाल वायुसेवा निगमको वाइडबडी विमानका दुई प्राविधिक ग्राउन्डेड भएका छन् । गत शनिबार बेलुकी ८ बजे दिल्लीबाट फर्केको निगमको नाइनएन–अल्फा लिमा यांकी (नेपाली नाम अन्नपूर्ण) विमानको दायाँतर्फ ककपिट झ्याल विमानस्थलको एप्रोनमा रातभर खुल्लै रहेको घटनामा उनीहरुलाई ग्राउन्डेड गरिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सोमबार उनीहरुलाई ग्राउन्डेड गरिएको जानकारी निगमलाई पठाएको छ ।
प्राधिकरणले घटनबारे ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन निगमलाई निर्देशन समेत दिएको स्रोतले बतायो । निगममका ती दुई प्राविधिकले उडानबाट फर्केको जहाज एप्रोनमा पार्किङमा राखिएका बेला जाचँ गर्नुपर्ने जिम्मेवारी थियो । तर, उनीहरूले झ्याल नै बन्द नगरी हिँडेको आइतबार बिहान ६ बजे उज्यालो भएपछि देखिएको थियो ।











