103Shares

पोखरा भ्यूज
पोखरा पोखरा स्थित लायन्स लिडरहरूको आयोजनामा लायन वर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिजी इलेक्ट टिमलाई स्वागत तथा सम्मान सम्पन्न गरिएको छ 

गत फागुन २७ गते पोखरामा सम्पन्न डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम डिष्ट्रिक्ट कन्भेन्सनमार्फत् निर्वाचित भएका डिष्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुङगाना द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती पाण्डे खरेललाई सोमवार पोखरामा एक कार्यक्रमको आयोजना गरी स्वागत एवं सम्मान गरिएको हो

त्यसैगरी, इलेक्ट गभर्नर केसीबाट क्याविनेटमा नजिकबाट काम गर्नका लागि डिष्ट्रिक्टका महत्वपूर्ण पदमा मनोनित भएका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डे, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सन्तोष रावल, डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्यकुमार केसी डिष्ट्रिक्ट पिआरओ ईन चिफ सैलेन्द्रमोहन भट्टराईलाई पनि सम्मान गरिएको थियो 

साथै, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट राजनबाबु ढुङगाना, भाईस प्रेसिडेन्ट मनिष अर्याल, लियो डिष्ट्रिक्ट सेक्रेटरी आविष्कार सुवेदी ट्रेजरर स्वस्ती अधिकारीलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।

उनिहरूलाई डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, स्वागत एवं सम्मान कार्यक्रमका संयोजक डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट ईभालुसन कोअर्डीनेटर पवित्रराज तिवारी लगाएतले डिजी इलेक्ट टिमलाई सम्मान गरेका थिए

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बसेलले डिष्ट्रिक्ट ३२५ आई नेपालले परिणाममुखी काम गरी लायन्स अन्तर्राष्ट्रिय जगतमा नमूना डिष्ट्रिक्टको रूपमा स्थापित भएको कुरा व्यक्त गरे

डिष्ट्रिक्ट ३२५ आई का इलेक्ट डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले आफु आफ्नो टिमलाई सम्मान गरेकोमा धन्यबाद एवं आभार व्यक्त गर्दे प्राप्त जिम्मेवारी पूरा गर्ने प्रतिबद्वता ब्यक्त गरे । केसीले स्थापनाको पहिलो बर्ष उत्कृष्ट बर्ष बनेको , जग बसेको , त्यहि जगमा टेकेर हिड़न सजिलो छ जगमा टेकेर अघि बढ़छौं । उनले डिष्ट्रिक्ट ३२५ आई नेपालमा नेगेटिभ भन्ने सोचाई नै छैन जुन गएको ईलेक्शनले प्रमाणित गरेको जनाउ दिए 

प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगाना द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती पाण्डे खरेलले डिष्ट्रिक्टको छविलाई अक्षुण राखी मन वचन कर्मले काम गर्ने प्रतिबद्वता व्यक्त गरे

लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट राजनबाबु ढुङगानाले सामाजिक सेवाका लागि संगठित भई, समन्वय गरेर एकबद्ध भई नेतृत्व क्षमताको विकास गर्दै सामाजिक सेवा गर्नु नै लियोको प्रमुख उद्देश्य रहेको बताए

डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्त, डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट कोअर्डीनेटरहरू पवित्रराज तिवारी, अमृतशोभा खत्री, अमृतप्रसाद तिवारी लगाएतले आफ्नो भनाई राखेका थिए

103Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected