२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

वडाध्यक्ष बरालजोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा

पोखरा । रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो । बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सीना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडीसंग बुधबार प्रतिस्पर्धा गर्नेछ । सरोज जोडीले पहिलो खेलमा रेशम गुरुङ्ग र जसबहादुर गुरुङ्गलाई तथा दोश्रो खेलमा रबिन धमला र फुर्वा छिरिङ गुरुङ्गको जोडीलाई पराजित गरेको थियो ।

त्यस्तै, ओपनतर्फ मंगलबार भएको खेलहरुमा सुरेश तामाङ्ग र नारायण रानामगरले नविन गुरुङ्ग र अभिषेक थापाको जोडीलाई, अखिल कुमार शाही र रेशम थापाले थमन र जिवन गुरुङ्गको जोडीलाई पराजित गरे । अन्य खेलहरुमा विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङ्गको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ्ग र जुक्तमान गुरुङ्गलाई तथा चन्द्र गुरुङ्ग र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई पराजित गरे ।

यसअघि वडाध्यक्ष रुद्रथान बरालले अफिसियललाई खेल समाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा उनले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ्य समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । यो कार्यक्रमलाई रातो किताबमै राखेर हरेक वर्ष उत्कृष्ट बनाउँदै लैजाने उनको भनाई थियो । कार्यक्रमका विशेष अतिथि वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षहरुबाट आफ्नों वडाले पनि खेलकुदका क्रियाकलाप शुरु गर्ने जनाए ।

वडा नम्बर ५ का पूर्ववडाध्यक्ष डिवी नेपालीले महानगरका हरेक वडाले आ-आफ्नों वडामा खेलकुद गतिविधी सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडा सचिव सविता ढुङ्गानाले सञ्चानल गरेको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत गरेका थिए । दुई दिने प्रतियोगितामा ४२ खेलाडीले भाग लिएका छन् ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…