45Shares

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष २०२३/२४ ले पनि पूर्णता पाएको

करिव तिन हप्ता अघि पोखरामा सम्पन्न प्रथम अधिवेशनले लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा चन्द्रकुमार केसी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा बिनोद ढुङगाना द्वितीय भाइस गभर्नर पदमा पार्वती खरेल पाण्डेलाई सर्वसम्मत निर्वाचित गरेको थियो

शनिवार इलेक्ट डिष्ट्रिक्ट गभर्नर केसीले लायनबर्ष २०२३/२४ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नका लागि विभिन्न पदमा करिव सय जनालाई मनोनयन गर्नु भएको उहाँले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा महेश पाण्डे, क्याविनेट ट्रेजररमा सन्तोष रावल, चिफ एडभाइजरमा सूर्यकुमार केसी, पिआरओ ईन चिफमा शैलेन्द्र मोहन भट्टराईलाई मनोनयन गर्नुभएको यसैगरी, डिष्ट्रिक्ट कोअर्डिनेटरमा वर्णानुक्रम अनुसार क्रमशः अमृतशोभा खत्री, अमृत प्रसाद तिवारी, बासुदेव आचार्य, बिना थापा, विनयकुमार अग्रवाल, विन्दु घिमिरे, विष्णुप्रसाद भण्डारी, हरिराज पन्त, जनार्दन फुयाल, महेन्द्रकुमार राठी, पवनकुमार थापा, राजु चालिसे, सन्दीप क्षेत्री, शान्तादेवी थापा, शिवराम गौतम, सुदीपराज ढुङगाना, सुरेन्द्रमान सिं भण्डारी, टंकराज अधिकारी, भिष्मराज पौडेल, युवराज खनाल, ऋषि गिरी, पवित्रराज तिवारी, सूर्यनारायण बराल पदमलाल सापकोटालगाएतलाई मनोनयन गर्नु भएको छ।

आगामी बर्षका लागि (जुलाई बाट कार्यकाल सुरू हुने गरी) क्याविनेट बिस्तार तथा जिम्मेवारीप्रति प्रतिवद्धता जनाउन आयोजित कार्यक्रममा गभर्नर केसीले अन्य पदहरुमा लायन्सको बिधी बिधान अनुसार डिष्ट्रिक्टका विभिन्न पदहरू क्रमशः एडिशनल डिष्ट्रिक्ट कोअर्डिनेटर, डिष्ट्रिक्ट चिफ, एडिशनल डिष्ट्रिक्टचिफ, सिनियर डिष्ट्रिक्ट एडभाइजर, डिष्ट्रिक्ट एडभाईजर, एओजी, डिपार्टमेन्ट अफिसर, रिजन/जोन चेयरपर्सन डिष्ट्रिक्ट चेयरपर्सन लगायतका पदहरुमा मनोनित गर्नु भएको छ ।

गभर्नर केसीले सो कार्यक्रममा आफ्ना भाबी कार्यक्रम रणनितीका बारेमा बोल्दै आफ्नो कार्यकालको स्लोगन(इन्सपाएर टु लिड) ‘नेतृत्व गर्न प्रेरित गरौंथिम लञ्च गर्नु भएको थियो वहाँले स्लोगनको मर्म भावनाअनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह समेत गर्नु भयो बिशेष गरी मानविय सेवा क्षेत्रको नेतृत्व गर्नका लागि नेतृत्व उत्पादनमा प्रेरित गर्न र लक्ष्यहरू प्राप्त गर्न उनीहरूलाई पूर्ण क्षमतावान बनाउन मद्दत गर्नको लागि क्लब अध्यक्ष एवं मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गर्नुभएको थियो

एक बर्ष अघि मात्रै नयाँ डिष्ट्रिक्ट बनेको स्मरण गर्दै डिष्ट्रिक्टको मुख्य प्राथमिकता डिष्ट्रिक्टको जग बलियो बनाउन केन्द्रित भएको बताउदै क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन लागि पर्न जोड़ दिनु भयो।

साथसाथै लिड़रशिप, फेलोसिप  सामाजिक सेवाका कार्यसँगै स्वास्थ्य शिविर, सरसफाइ, रक्तदान, बृक्षारोपण, स्कुल एडप्ट कार्यक्रम, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ लगायतका दर्जनौकामहरुलाई गभर्नर केसीले आगामी दिनहरुमा पनि निरन्तरता दिने बताउनु भयो

कार्यक्रममा लायन्सका एलसिआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेल, आईपिएमसीसी मनबहादुर रोका, पूर्व गभर्नर इन्दु लम्साल लगाएतले गभर्नर केसी र वहाँको टीमलाई आगामी कार्यकालका लागि हातेमालो गरि सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गर्दै कार्यकाललाई उत्कृस्ट वनाउन आव्हान गर्नुभएको थियो

लायन्स अन्र्तराष्ट्रियले बिश्वका बिभिन्न देशहरुमा सेवा सुबिधाबाट बञ्चित सर्बसाधारणलाई बिश्वभरी छरिएर रहेका करिव १४ लाख बढी लायन्स सदस्यहरुले स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन गर्दै आईरहेका छन्

बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको बिश्वको सबैभन्दा ठूलो सामाजीक सस्थाका रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन उनले सन १९१७ मा अमेरिकाको टेक्सासमा लायनवादको सुरूवात गरेका थिए भने नेपालमा पुर्ब प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन्१९७१ मा आफनै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरी नेपालमा लायनवाद भित्राएका थिए निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्थामा हाल करिब १४ लाख बढी सदस्य रहेका छन् भने नेपालमा पचास हजार बढी लायन्स सदस्यहरु सक्रिय रहेका छन्

45Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected