
तनहुँ, ६ वैशाख । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र बिश्व प्रकाश शर्माले संघिय संसदलाई गोबिन्द भट्टराई चाहिएको बताएका छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँले भट्टराईलाई छान्ने र भट्टराईले संसदमा सशक्त भुमिका खेल्ने उनिहरूले बताएका छन् ।
नेपाली काङ्ग्रेस लगायतका बाम लोकतान्त्रिक गठवन्धनको मंगलबार दमौलीमा आयोजितसभालाई सम्बोधन गर्दै महामन्त्री गगन कुमार थापाले संसदमा गोविन्द भट्टराई जस्तो शालीन सांसद चाहिएको बताए । उनि जे गरेपनि ताली बजाउने साँसद नभइ प्रश्न उठाउने सांसद हामीलाई चाहिएको भन्दै प्रश्न उठाउन सक्ने सांसद गोविन्द भट्टराई भएको बताए ।
हाम्रा युवाहरू दैनिक ३ हजारको आसपासमा नेपाल छोड़र बिदेश जाने गरेका छन् भन्दै थापाले स्वदेशमा रहेको युवा शक्ति बिदेश जानुपर्ने बाध्यता हुँदा तरकारी देखिका खाद्यान्नहरू समेत बिदेशबाट आयात भएको खानपर्ने बाध्यता रहेको बताए । तत्कालको समस्या समाधान गर्दै अहिलेको गठवन्धन सरकारले अवको ५ बर्ष भित्र
मान्छे कतार पठाउने होईन, कतार सामान पठाउने अवस्था ल्याउनुपर्ने गरि काम गर्नुपर्ने थापाले बताए । काम गर्ने र नतिजा देखिने काम हामीले गर्नुपर्छ भन्दै थापाले भोली गरौला, अर्को बर्ष गरौला भन्ने समय हामीलाई नभएको बताए ।
सभालाई सम्बोधन गर्दै अर्का महामन्त्री बिश्व प्रकाश शर्माले गाउँ बुझेको अर्थशास्त्री गोविन्द भट्टराई भएको बताए । दुखको बेला आमा बुवा दाजुभाइ भन्दै हिँड्ने त यहीँ तनहुँका गोबिन्द भट्टराई हुन् नि, अरू उम्मेदवार त कहिले कसलाई कहाँ पो बोलाउन आएका थिए र ? शर्माले भने । यसकारण पनि तनहुँको माटोले चिनेको गोविन्दले पक्कै जित्ने छ उनले विस्वासका साथ भने ।

साँसद बनाउनु भनेको भरोसा हो भन्दै शर्माले निरासाको रोटी सेक्ने होईन आशाको बत्ती जगाउने काम गर्नुपर्ने हुँदा भट्टराईलाई जिताउनुपर्ने बताए । महामन्त्री शर्माले आवेगको राजनीति कहिल्यै नटिक्ने भन्दै नयाँ दल त्यस्तै आवेग उदय भएको बताए । गोविन्द भट्टराईको नेतृत्वमा रहेको नेविसंघमा अहिले भएका दुवै महामन्त्री कुनै बेला सँगै बसेको स्मरण गर्दै शर्माले त्यागि, धैर्यवान र शालीन नेता गोविन्द भट्टराई भएकोले तनहुँवासिले अत्याधिक मतका साथ जिताउने बताए । उनले काङ्ग्रेसलाई रूपान्तरण गर्ने र बलियो काङ्ग्रेस बनाउने काम हामीले गरिरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका महामन्त्री देव प्रसाद गुरूङले देशलाई अहिलेको गठवन्धन आवश्यक परेकाले बनेको बताए । यो गठवन्धन ५ बर्ष टिक्ने गुरूङको भनाइ थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् तनहुँ २ का सांसद शंकर भण्डारीले गोविन्द भट्टराईलाई जिताउन आँफु धेरै दिन देखि गाउँ गाउँमा घुमेको र सबैले भट्टराईलाई जिताउन आँतुर रहेको भनेको बताए । उक्त अवसरमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँ पानीले मात्रै नभइ शिक्षा, स्वास्थ्य र अन्य थुप्रै पुर्वाधार र बाटोका कुराहरूले पनि तिर्खाएको हुँदा ती सबै आबस्यकताहरू आँफुले पूरा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बाराका सांसद कृष्ण कुमार श्रेष्ठ किसानले भट्टराईलाई जिताउन शंकर भण्डारी र किसान श्रेष्ठ नै काफि भएको बताए ।
नेपाली काँग्रेस तनहुँ ब्यास नगर समितिका सभापति सुर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल , हरिबहादुर चुमान , शिव लाल थापा, डिला संग्रौला, ओमराज आले, अर्जुन गुरूङ, बसन्त दरै र श्रीप्रसाद भट्टराईले बोलेका थिए ।













