
पोखरा भ्यूज
२ जेठ, दैलेख । जिल्लाको डुंगेश्वर गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका दैलेख प्रहरीले बताएको छ ।
उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।











