0Shares

पोखरा । मिलेनियम ट्रेकको पुनः प्रवर्द्धन एवम् बजारीकरणको उद्देश्यका साथ शुक्रबारदेखि निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा, काल्खु एवम् शुक्लागण्डकी नगरापलिका वडा नं १२ विसौनामा अन्तरक्रिया गरेको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजना एवम् प्रवर्द्धन पर्यटन सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यटक गाइड, सञ्चारकर्मी लगायतको २३ सदस्यीय टोली पदमार्ग क्षेत्रमा पदयात्रा सहित स्थानीयसँग अन्तरक्रिया गरिरहेको छ ।
अन्तरक्रियामा स्थानीयले यस क्षेत्रको पर्यटकीय विकासका लागि आँफूहरू लागिरहेको बताउँदै त्यसका लागि मिलेनियम ट्रेक व्यवस्थापन समिति, स्थानीय सरकार एवम् सरोकारवालाको साथ र सहयोग आवश्यक भएको बताए ।
पुतलीबजार नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लिलप्रसाद गुरुङले यस क्षेत्रको प्रवद्र्धनमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले गरेको योगदान प्रशंसनीय भएको बताए ।
२०६९ सालमा भएको मिलेनियम महोत्सवमा आँफूले सक्दो सहयोग गरेको बताउँदै उहाँले स्थानीय सरकारले मिले्नियम ट्रेकको प्रवर्द्धन एवम् पूर्वाधार निर्माणमा जोड दिएको बताए ।
कोल्मामा २०७५ सालदेखि होमस्टे विधिवत् दर्ता गरी सञ्चालनमा आए पनि मिलेनियम ट्रेकको नक्सामा दर्ता हुन नसकेको उल्लेख गरे ।
कोल्मा बराह माविका प्रमुख कृष्णबहादुर गुरुङले होमस्टे मार्फत लुकेर रहेका संस्कार एवम् संसकृतिको जगेर्ना गर्न खोजिएको बताए । आमा समूहका सदस्यहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा होमस्टे मार्फत आयआर्जनतर्फ लगाइएको उनको भनाई थियो ।
गाउँमा वषौं अघिदेखि तोरी पेल्ने कोल रहेका कारण कोल्मा नामाकरण भएको उनले जानकारी गराए ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले पर्यटन मार्फत यस क्षेत्रका स्थानीयको आयआर्जनमा टेवा पुगोस् भन्ने हेतुले पदमार्ग क्षेत्रको प्रवद्र्धनलाई जोड दिइएको बताए ।
उक्त अवसरमा सह प्रा. डा. रामजीप्रसाद पोखरेल, टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटा, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे लगायतले मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने गरी लाग्न आग्रह गरेका थिए ।
प्रवर्द्धन टोलीलाई नमोबुद्ध आमा समुहले गुरुङ जातिको प्राचीन एवम् मौलिक झोरा नृत्यबाट स्वागत गरिएको थियो ।
टोलीले आइतबार वडा नं ९ कै काल्खु एवम् शुक्लागण्डकी नगरपालिका वडा नं १२ विसौनामा जन्ते ढुङ्गाको संरक्षण र विकासका लागि स्थानीयसँग अन्तरक्रिया गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected