5Shares

पोखरा भ्यूज
२८ जेठ, काठमाडौं । लोकतन्त्रवादी कानून व्यवसायीहरुको डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट ४ प्रत्यासीलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाएका थिए ।
त्यस्तै महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनी प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । अधिकारीले ३९५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले २३६ मत पाए ।
उपाध्यक्षमा ३१५ मतका साथ जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा ६१९ मतका साथ कविता थापा कार्की विजयी भएका छन् ।

यस्तै प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामान्द साह, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् । बागमतीबाट १४३ मतका साथ जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् । डिएलए नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected