२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

प्रदेश स्तरीय प्रथम पुरुष हक्की प्रतियोगीता २०८० मा कास्की प्रथम

पोखरा । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्की प्रतियोगीतामा कास्की प्रथम भएको छ । उपाधीका लागि फाईनल खेलमा कास्कीले तनहुँलाई १-० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ कोबराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबैतर्फबाट एक–एक को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो । प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बाग्लुङ्गको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम,द्धतिय हुनेले क्रमशः२० हजार र १० हजार सहित शिल्ड,म्डल र प्रमाणपत्र प्राप्त गर्नुका सार्थ सान्तवना पुरस्कार स्वरुप सम्पुर्ण सहभागी टिमलाई ५र५ हजारका दरले पुरस्कृत गरिएको छ । कार्यक्रम प्रदेश सांसद प्रकाश बरालको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीको सभापतित्व र राजन पौड्यालको सञ्चालनमा सम्पनन भएको थियो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…