२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

गण्डकीका प्रदिपसहित चार खेलाडी एसिएन गेममा छनोट

पोखरा । गण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस खेलाडी समेत रहेको गण्डकीका प्रदिप सहित पोखरामा जन्मिएर स्पेनमा टेनिस खेल्दै आएका विश्व वारियतामा पर्न सफल नेपाली खेलाडी अभिषेश बास्तोला पुरुषतर्फ छनोट भएका हुन । बास्तोला गण्डकीमा जन्मिएपनि उनले गण्डकीको प्रतिनिधित्व गरेका छैनन् तर विभिन्न राष्ट्रहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । अभिषेक पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रदिप गण्डकीकै उत्पादन हुन् । उनले नवौं राष्ट्रिय खेलकुदमा समेत गण्डकीलाई तीन स्वणर् दिलाएका थिए । यस्तै साफ च्याम्पियनसिपमा समेत नेपाललाई पदक दिलाएका थिए । यस्तै महिलातर्फ अभिलाषा विष्ट र माहिका राणा छनोट भएका छन् । एसियन गेममा टेनिस तर्फ पदक आउने प्रवल सम्भावना समेत रहेको छ । एसियन गेमका लागि छनोट हुन पाउँदा निकै खुसी लागेको प्रदिपले बताए । उनले एसिएन खेल्ने आफ्नो सपना पुरा हुने दिन आएको सुनाए । ‘यो मेरो ड्रिम हो । पहिलो पटक खेल्दैछु’ प्रदिपले भने, ‘तीन महिनाको कष्टकर मिहेनतको फल मिलेको छ । अब देशलाई पदक दिलाउन लाग्नेछु ।’ प्रदिपले अभिषेश विदेशमा खेलेर आएकाले आफुले धेरै कुरा सिक्ने मौका पाएको समेत बताए । ‘अभिषेक नेपालको प्रशिक्षण भन्दा फरक प्रशिक्षणबाट आएको खेलाडी हो । यस पटक केहि राम्रो हुने आशा पनि गरेको छु ।’ उनले भने । नेपालले टिम इभेन्ट, मेन्स सिगंल र मेन्स डबल, वुमन सिगंल, वुमन डबल्समा प्रतिस्र्धा गर्नेछन् ।
प्रदीप आफ्नै खर्चमा काठमाण्डौंमा रहेका छन् । ‘खर्च निकै महंगो छ । प्रति घण्टाको दरले रकम दिनुपर्छ ।’ उनले भने । एक खेलकर्मीका अनुसार गण्डकीको खेलाडी जो पदकको सम्भावना बोकेपनि प्रदेश तथा स्थानीय सरकारले केहि नगरेको गुनासो पोखे । उनले प्रदिपजस्ता खेलाडीलाई प्रदेशले लगानी गर्न आवश्यक रहेको समेत सुनाए । ‘प्रदेश सरकारलाई त थाहा पनि छैन होला गण्डकीको खेलाडी एसिएन गेममा छनोट भएको कुरा । प्रदेश सरकारमा त पहुँच हुनेवालाले मात्रै सेवा सुविधा लिन सक्छन् । टिम इभेन्टलाई मात्रै हेर्ने दृष्टिकोण छ’ खेलकर्मीले भने,‘यो खेल पदकको सम्भावना भएको खेल हो । यो पटक त अझ गण्डकीका दुई खेलाडी छन् भलै अभिषेकले प्रदेशको प्रतिनिधित्व गरेर खेलेका छैनन् तर उनको घर गण्डकी नै हो ।’ छनोट भएका खेलाडी अब तीन महिना बन्दसत्रमा रहनेछन् ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…