0Shares

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सरकारले सार्वजनिक गरेको हो । अर्थमन्त्री जितप्रकाश आलेले चालूतर्फ १२ अर्ब १३ करोड र पूँजीगततर्फ २० अब १९ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानीकरण शीर्षकमा ७ अर्व ६२ करोड, सशर्तमा ४ अर्व ९४ करोड, विशेषमा ७० करोड र समपूरकमा ८४ करोड रकम पठाएको छ ।

प्रदेशले आन्तरिक राजश्व ५ अर्ब १६ करोड उठाउने लक्ष्य लिएको छ भने ९ अर्व ५ करोड रकम राजश्व बाँडफाँटबाट प्राप्त हुनेछ ।

यस्तै, रोयल्टी मार्फत ४० करोड पाउने र ३ अर्व चालू वर्षको मौज्दात रहने अनुमान छ ।

अपुग १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ । आगामी वर्षको बजेट पूर्वाधार सहित शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिइएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected