२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
कृषि

यसबर्षको रोपाई महोत्सव पोखरा-१३ कसेरीमा

पोखरा भ्यूज

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा १३ को कसेरीमा  हुने भएको छ । १८औँ असारे रोपाइँ  राष्ट्रिय धान दिवस असार १५  मा पोखरा १३ कसेरी, डुम्रिबोटमा हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा रोपाई महोत्सवले थप टेवा पुर्‍याउने परिषद्ले जनाएको छ ।

पोखरा सबै मौसमका लागि” भन्ने भनाइलाई सार्थक बनाउँदै  मौलिक र सम्भवतः नेपालमा मात्रै मनाइने रोपाई जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने पोखरामा भएका पर्यटकलाई उक्त कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराउने रहेको पोखरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

पोखरा सुरक्षित रहेको र बाह्य तथा आन्तरिक पर्यटकहरूका लागि उत्कृष्ट, सबै मौसममा जान योग्य छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक कृष्ण प्रसाद भण्डारीले बताउनुभयो ।

पोखरा १३ र पोखरा २८ को सिमाना कसेरीमा मा करिब १० रोपनी क्षेत्रफलमा १८ औ असारे महोत्सव हुन लागको हो । पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको हो ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनुभयो ।

रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने छन् । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ ।

महोत्सव सम्पन्न गर्न करिब ३० लाख  खर्च लाग्ने आयोजक अनुमान छ ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

पोखरामा ‘तरबुजा मेला २०८३’ सम्पन्न

स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.…

कृषकलाई कृषि सामग्री तथा उपकरण वितरण

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको…