२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
साहित्य

पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने

पोखरा भ्यूज
पोखरा । पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए । उनका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा साङ्गातिक कलाकार संघ, बालन एवम् कला सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, विश्व हिन्दु महासंघ सांस्कृतिक समूह, लोक नृत्य कलाकार संघ, संगीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुल, त्रिवेणी संगीतालय, जे.ई. म्यूजिक एकेडेमी, कर्णप्रिय संगीतालय, हार्मोनी समूह, तरेली सांस्कृतिक परिवार, गीतकार प्रतिष्ठान नेपाल, झलकमान गन्धर्व सारङ्गी पाठशाला, धनबहादुर स्मृति प्रतिष्ठान, पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान लगायतका संस्थाहरु सह—आयोजकमा रहेका छन् ।
२०६० साल देखि पोखरामा रहेका वाङ्मयिक संस्थाहरुले विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका छन् । विश्व संगीत दिवसको थालनी इ.सं. १९८४ सालदेखि फ्रान्सबाट भएको हो । कार्यक्रमबाट पोखराको सुस्ताएको संगीत क्षेत्रलाई माथि उठाउन सहयोग मिल्ने आशा गरिएको छ ।

Read more

कविता र गीतमार्फत श्रमिक एकताको सशक्त सन्देश

 शान्ता बास्तोला  दमौली, तनहुँ। ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद् बैठकमा पार्षद शान्ता बास्तोलाले कविता र गीतमार्फत व्यक्त गरेको शुभकामना मन्तव्यले कार्यक्रमलाई विशिष्ट साहित्यिक उचाइमा पुर्‍याएको छ।…

लेखनाथ महोत्सवमा कवि शिरोमणिको स्मरण, डा. बोधराज ढकाल सम्मानित

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै लेखनाथ महोत्सव अन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’…

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुजाता पौडेल प्रथम

पोखरा । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आदिकवि भानुुभक्त आचार्य जन्मस्थल विकास समिति, भानुु नगरपालिका वडा नं ४ तनहुँले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमका…

बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक ‘सपना सकार’ आउँदै

काठमांडौ । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चांडै बजारमा आउने भएको छ । लेखकले पहिलो पुस्तक सफलता सम्भव छ पछि…