२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री पोशाक हस्तान्तरण

पोखरा भ्यूज
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्यून आए भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।
आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका,विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य  संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।
शनिबार गण्डकी प्रदेशका सांसद,पूर्वमन्त्री तथा पोखरा उद्योग वाणिज्य सघका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापासहितका अतिथिहरुले विद्यार्थीहरुलाई शैीक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै प्रमु्ख अतिथि सांसद थापाले विद्यार्थीहरुलाई विद्यालय नछाड्न आग्रह मात्रै गरेनन्, आवश्यक परे उनीहरुलाई सघाउने वचन पनि दिए । पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा महासचिव बलराम आचार्यले घरेलु कामदारको रुपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे । बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम परियोजना अधिकृत प्रिति पाण्डेको स्वागत  तथा सुफल घिमिरेको संचालन रहेको कार्यक्रममा संघका उपमहासचिव शोभा गौतम तथा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गको पनि सहभागिता रहेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…