2Shares

पोखरा भ्यूज
२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विषयलाई लिएर उनको राजीनामा मागेको छ ।

एमाले सांसद रघुजी पन्तले बुधबार संसदमा विशेष समय लिएर प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै एक पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्रि आपत्तिजनक भएको र यसले नेपालको स्वाभिमान गिरेको भन्दै सासंद पन्तले प्रधानमन्त्रीले राजीनमा दिनुपर्ने बताएका छन् ।

यसैबीच प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिक्षी दलहरु एमाले, रास्वपा र राप्रापाका सांसदहरुले विरोध गर्दै ससंद बैठक अवरुद्ध गरेका छन् । दलहरुको अवरोध पछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेको सूचना दिएका हुन् ।

 

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected