15Shares

पोखरा भ्यूज
२१ असार, पोखरा । कुनै प्राविधि समस्या उत्पन्न नभएमा यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साझसम्म सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ ।

परीक्षा सार्वजनिक भए लगत्तै विद्यार्थी र अभिभावकलाई तत्कालै नतिजा थाहा पाउने हतारो हुन्छ । विद्यार्थी तथा अभिभावको हतारोको समस्या समाधानका लागि राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्। उनका अनुसार विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट तत्कालै नतिजा हेर्न सक्नेछन् ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डको भनाई छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै बोर्डको बेवसाइट

www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

#SEE #Result #seeresult2079

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected