11Shares

पोखरा भ्यूज

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले जिल्लाबाट ७औं महाधिवेशनमा प्रदेश केन्द्रका विभिन्न पदमा निर्वाचितलाई सम्मान गरेको

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमलबहादुर सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाबाट केन्द्रमा निर्वाचित केन्द्रीय उपाध्यक्ष राजेश पालिखे, ट्रेड युनियन कांग्रेस केन्द्रीय युवा अध्यक्षमा निर्वाचित दिपेन्द्र सुनार, ट्रेड युनियन कांग्रेसको गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित मुरारी शर्मा, उपाध्यक्षद्वय घनश्याम रेग्मी/लालीमाया रेग्मी, सचिव रुद्र तिमिल्सिना, प्रदेश सदस्यहरू प्रभाकुमारी ढुङ्गाना, सिता कार्की, कल्पना कोईराला, देवका रेग्मी लगाएत सम्मानित भएका छन्

यसैगरी सम्मानित हुनेमा आवद्व संघका तर्फबाट गण्डकी प्रदेश निर्वाचित हुनुहुने अध्यक्षहरू क्रमशः नेपाल प्रेस युनियनका टंकराज अधिकारी, नेपाल शिक्षक संघका शिरोमणि लामिछाने, निर्माण श्रमिक संघका हरिबहादुर गुरूङ, गृह श्रमिक संघका गिताकुमारी लामिछाने, व्यापार श्रमिक संघका रामप्रसाद कँडेल, ब्युटीसियनका शर्मिला रानाभाट, नाई संघका आदेश ठाकुर, यातायातका किरणबाबु पन्त, वित्तीय संघका लक्ष्मण पाठक, छापाखाना निर्दोष डुम्रे, सुरेन्द्र श्रेष्ठ लगाएत रहेका छन्

ट्रेड युनियनको सभाहलमा मंगलवार सम्पन्न सम्मान कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले चुनावका वेला समुहमा चुनाव लडेपनि जितिसकेपछि साझा भएर काम गर्न सँगसगै हिड़न आग्रह गर्नुभयो । उहाँले आवद्व संघका गतिबिधिलाई चलायमान बनाउन आग्रह गर्दै संघका गतिबिधिले ट्रेड युनियनलाई मात्र नभई पार्टीलाई पनि बलियो बनाउने धारणा राख्नु भयो

ट्रेड युनियन कांग्रेस केन्द्रीय युवा संयोजक दिपेन्द्र सुनार, युनियनका निवर्तमान केन्द्रीय सदस्य जितबहादुर गुरूङ, ट्रेड युनियन कांग्रेसका पुराना नेता विश्वेश्वर पराजुली, ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका सल्लाहाकार शिवराज अधिकारी, ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष लालीमाया रेग्मी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीले ट्रेड युनियनको भावना मर्मलाई साझा बनाउन विधि र पद्धतीमा संस्थालाई अगाडि बढाउन सुझाव दिएका थिए नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष मणिराम कँडेलले स्वागत सचिव कृष्णप्रसाद बास्तोलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो 

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected