
पोखरा भ्यूज
१५ साउन, पोखरा । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य सुधार देखिएको छ । यद्यपि कारोबार रकम भने बढ्न सकेन । पछिल्ला ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से सोमबार ५.८४ अंक बढेर २१०६.१८ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स २.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन २६२ स्टकको ४० हजार ३०३ पटकको कारोबारमा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।











