
पोखरा भ्यूज
१५ साउन, काठमाडौं । चुनावको खर्च विवरण सार्वजनिक नगरेको भनी उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयका उपरमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मोरङ २ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार विनोद भट्टराईले आफूले खर्च विवरण फेसबुकमार्फत् सार्वजनिक गरेकोमा त्यसतर्फ विचारै नगरी आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
रिटमा उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय र त्यस अनुसार भएको पत्राचार बदर गर्न परमादेशको समेत माग गरिएको छ । भट्टराईले दायर गरेको उक्त रिटमा मंगलबार सुनुवाइ हुनेछ ।
यसअघि आयोगको उक्त निर्णयका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदले पनि उच्च अदालत पाटनमा रिट दिएका थिए ।











