
पोखरा भ्यूज
काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिेनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने धारणा राख्नुभएको छ ।
नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबीसनको काठमाण्डौमा बुधबार उद्घटान गर्दै कला र साहित्यले इतिहाँस देखि वर्तमान सम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राख्नुभएको हो ।
कला प्रर्दशनीमा राखिएका कलाकृतिहरु साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता छ भन्नुभयो । एक देशले अर्को देशलाई, एकजातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमान संग सामिप्यता गराउन पनि कला प्रर्दशनीको महत्व छ भन्दै अध्यक्ष तिमिल्सिनाले जनता-जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रर्दशनीले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्टस फर पिपल पोर्चुगलकी प्रमुख अन्ना अन्टुनेस, पोर्चुगलका लागि अवैतनिक राजदुत राजेन्द्र खेतान , नेपाल-जर्मन चेम्बर अफ कर्मसका सन्तोष कुवँर लगायतले कला प्रर्दशनीका बारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बंगलादेश, पेरु र स्पेन गरि ६ देशका ११ जना कलाकारले तयार पारेका कलाकृतिहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी हुकुम दरबार कमलपोखरीमा ३ दिन सम्म चल्नेछ ।












