२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
विदेश

अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलो, ९३ को मृत्यु

डढेलोले क्षतिग्रस्त भएको अमेरिकाको हवाईस्थित लाहैना सहर । तस्बिर : एपी

एजेन्सी
२८ साउन, हवाई । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अमेरिकाको १ सय वर्षको इतिहासमा आगलागीबाट भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो ।सरकारी अधिकारीहरूले मृत्युको संख्या अझै बढ्नसक्ने आकलन गरेका छन् । माउई टापुको लाहैना सहरमा उद्धारकर्मीहरू अहिले पनि खटिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोले ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । १२ हजारभन्दा बढी मानिसको बसोबास रहेको सहर भग्नावशेषमा परिणत भएको छ । जहाँ रहेका होटल र रेष्टुरेन्टहरू खरानीमा परिणत भएका छन् ।डढेलोमा परी हरेक दिन मृत्यु हुनेको संख्या बढिरहेको भन्दै स्थानीय अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताएका छन् । कतिपय मानिसहरू बेपत्ता हुनुका साथै हजारौं मानिसहरू विस्थापित भएका छन् ।

कतिपयले यसलाई अमेरिकाको सय वर्षको इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक विपत्तिको रुपमा व्याख्या गरेका छन् ।

यसअघि २०१८ मा क्यालिफोर्नियाको प्याराडाइज सहरमा आगलागीमा परी ८५ जनाको मृत्यु भएको थियो । जुन क्षतिको तुलनामा अहिलेको डढेलोको क्षति बढी छ । साथै १९१८ मा भने मिनेसोटा र विस्कान्सिनमा भएको आगलागीबाट ४ सय ५३ जनाको ज्यान गएको थियो ।संघीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार लाहैनाको पुनर्निर्माणको लागत ५।५ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ । जवकि २ हजार २ सयभन्दा बढी संरचनाहरू क्षतिग्रस्त र नष्ट भएका छन् । जहाँ ८ सय ५० हेक्टरभन्दा बढी जमिन जलेको छ ।

सरकारी अधिकारीहरूले भने अहिले क्षतिग्रस्त स्थानका मानिसहरूको पुनर्वास गराउनु प्रमुख दायित्व भएको बताएका छन् । उनीहरूको बसोबास प्रबन्ध गर्नुका साथै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु प्राथमिकता भएको उनीहरूले बताएका छन् ।

यसैबीच स्थानीय अधिकारीहरूले घर गुमाएका मानिसहरूका लागि १ हजारवटा होटेलका कोठाहरू भने सुरक्षित राखिएको बताएका छन् । साथै उनीहरूलाई तत्कालका लागि निस्शुल्क रुपमा बसोबासको प्रबन्ध लगाइने बताएका छन् । हाल १ हजार ४ सय मानिसहरूलाई आपतकालीन आवासको बन्दोबस्त गरिएको पनि बताइएको छ ।

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…