8Shares

पोखरा भ्यूज

३ भदौ, काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ भने यसबाट १२ जना संक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान गएको छ ।

इडिसीडीकाा अनुसार सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागत वर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको ज्यान गएको थियो । तर, यो वर्ष डेंगु संक्रमण कात्तिकको अन्तिमसम्म उच्च गतिमा फैलिने र अझै भयावह अवस्था निम्तिने अधिकारीको आकलन छ ।

बाग्मतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ इडिसीडीको तथ्यांकमा उल्लेख छ ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected